भिमादमा वित्तीय संघीयता तथा स्थानीय योजना सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न

भिमादमा वित्तीय संघीयता तथा स्थानीय योजना सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न

भिमाद नगरपालिकामा वित्तीय संघीयता तथा स्थानीय योजना सम्बन्धी अन्तर्क्रिया कार्यक्रम” सम्पन्न भएको छ । नगर प्रमुख दधिराज सुवेदीको अध्यक्षता तथा पूर्वमन्त्री किरण गुरुङको प्रमुख आतिथ्यतामा भिमाद नगरपालिकाद्वारा आयोजित राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग (NNRFC) को सहजीकरणमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हाे।

कार्यक्रमका प्रमुख वक्ता तथा आयोगका अध्यक्ष जुद्ध बहादुर गुरुङले सो विषयमा विस्तृत प्रस्तुति दिंदै स्थानीय तहमा स्रोत वितरण र वित्तीय पारदर्शिताका सिद्धान्त, संघीय प्रणालीमा राजस्व बाँडफाँटको प्रक्रिया र त्यसका मापनका सूचकाङ्कहरू स्पष्ट रूपमा प्रस्तुत गरेका थिए । उनले यी सूचकहरूबारे सचेत नगरपालिकाहरूले अझ बढी वित्तीय स्रोत हासिल गर्न सक्ने सम्भावना रहेको विषयमा समेत प्रकाश पारेका भिमाद नगरपालिकाले जनाएको छ ।

कार्यक्रममा नगर उप–प्रमुख शारदा खनाल ,प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुन , वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू,राजनीतिक दलका प्रतिनिधिहरु तथा विभिन्न शाखा प्रमुखहरू र कर्मचारीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमले स्थानीय तहमा वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयन, स्रोत व्यवस्थापनमा पारदर्शिता तथा आगामी वर्षका योजनामा वित्तीय सूचकहरूको प्रयोगको बारेमा महत्वपूर्ण जानकारी प्रदान गरेको बताइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page