शुक्रबार दमाैलीमा हुने नेपाली कम्युनिस्ट पार्टीको एकता सभामा भुसाल र पाण्डे आउने

शुक्रबार दमाैलीमा हुने नेपाली कम्युनिस्ट पार्टीको एकता सभामा भुसाल र पाण्डे आउने

नेपाली कम्युनिस्ट पार्टीका नेता पम्फा भुसाल र राजेन्द्र पाण्डे शुक्रबार दमाैली आउने भएका छन् । नेपाली कम्युनिस्ट पार्टीकाे एकता घाेषणा सभामा सम्बाेधन गर्न उनिहरू दमाैली आउने भएका हुन् । विभिन्न दलहरूको एकता पश्चात् बनेको नेपाली कम्युनिस्ट पार्टीको एकता सभामा भुसाल र पाण्डे लगायतका नेताहरू आउने पार्टी नेतृ आशा काेइरालाले बताइन् ।पार्टीको एकता सभाको बारेमा जानकारी दिन बिहीबार दमाैलीमा आयाेजित पत्रकार सम्मेलनमा बाेल्दै काेइरालाले भोलि शुक्रबार दमाैली सभाहलमा वृहत् कार्यक्रम हुने जानकारी दिइन् । केन्द्रमा १६ पार्टी सग एकीकरण भएको र तनहुँमा पनि ४ बाम घटकहरुको बीचमा एकता भएको खुसीयालीमा बाजागाजा सहित नगर परिक्रमा गरिने र त्यसपश्चात सभाहलमा कार्यक्रम हुने उनलेे बताइन् ।
उक्त कार्यक्रममा करिव १ हजार वढि कार्यकर्ता सहित एकताको नारा बोकेर नगर परिक्रमा गरिने पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको छ।

कार्यक्रममा साविक माओवादी नेतृ एवम् जिल्ला ईन्चार्ज आशा कोईराला , साविक नेपाल कम्युनिस्ट पार्टी समाजवादीका जिल्ला ईन्चार्ज विधा ढकाल  र  कलिला खान, साविक माओवादी केन्द्रका गण्डकी प्रदेश सहसचिव अतिन्द्र केशरी न्यौपाने ,साविक नेपाल कम्युनिस्ट पार्टी समाजवादीका केन्द्रीय लेखा आयोगको सचिवालय सदस्य मंगल प्रसाद श्रेष्ठ, कम्युनिस्ट नेता रामचन्द्र सापकोटा , युवा नेता डम्बरबहादुर वि,क,नेता सुर्य गौली, लगाएतले पार्टीको एकता प्रक्रिया ,समन्वयात्मक भूमिका निर्माणका विषयमा प्रकाश पारेका थिए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page