छाप नहाला खानेपानी योजना उपभोक्ता समितिको १२ औं साधारण सभा सम्पन्न

बन्दीपुर गाउँपालिका वडा नं १ डुम्रेमा रहेको छाप नहाला खानेपानी योजना उपभोक्ता समितिको १२ औं साधारण सभा शनिबार सम्पन्न भएको छ। सभा उपभोक्ता समितिका अध्यक्ष ईमनाथ खनालको अध्यक्षतामा आयोजित गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि बंदीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले खानेपानी, बिजुलीबत्ती र स्वास्थ्य सेवा सबैभन्दा प्राथमिकतामा राखेको जानकारी दिएर, आगामी दिनमा पनि समितिसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उपाध्यक्ष पञ्चमाया गुरुङले जनप्रतिनिधिको भूमिकामा विकास र जनसरोकारका योजना अघि बढाउने प्रयासको उल्लेख गर्नुभयो।
सभामा वडा अध्यक्ष शिवकुमार श्रेष्ठ, विभिन्न खानेपानी समितिका प्रतिनिधि र शिक्षक, महिला सहकारी संस्थाका अध्यक्षहरूले सामुदायिक सेवामा योगदान गर्ने समितिका सदस्यहरूको प्रशंसा गर्नुभयो।
कार्यक्रमको सञ्चालन सचिव गोविन्द अधिकारीले गर्नुभयो भने कोषाध्यक्ष शिवकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गर्नुभयो र सदस्य केशरबहादुर थापाले स्वागत भाषण गर्नुभयो।

छाप नहाला खानेपानी योजना समितिले उजेली, शिखरडाँडा, भेन्टाबारी, आरुबोटे, गुरुङटार, सानो डुम्रे, डुम्रे र कल्याणटारका करिब १,५ सय घरधुरीलाई खानेपानी सेवा प्रदान गर्दै आएको जानकारी समितिले दिएको छ।

























