हितेन्द्र देव शाक्यद्वारा तनहुँ जलविद्युत आयोजनाको स्थलगत निरीक्षण
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक तथा तनहुँ हाइड्रोपावर लिमिटेडका सञ्चालक समितिका अध्यक्ष श्री हितेन्द्र देव शाक्यको नेतृत्वमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गरिएको छ।
निरीक्षणका क्रममा आयोजनाको प्याकेज–१ अन्तर्गत मुख्य बाँध निर्माण कार्य तथा प्याकेज–२ अन्तर्गत विद्युतगृह, मुख्य सुरुङ, इन्टेकलगायतका संरचनाहरूको निर्माणस्थल अवलोकन गरी हालसम्मको निर्माण प्रगतिबारे जानकारी लिइएको थियो।

त्यस अवसरमा आयोजना व्यवस्थापन टोली, परामर्शदाता तथा निर्माण व्यवसायीहरूसँग निर्माण प्रगति, निर्माण सम्पन्न हुने कार्यतालिका, देखिएका समस्या तथा चुनौतीहरू, साथै वातावरणीय तथा सामाजिक सुरक्षणसम्बन्धी क्रियाकलाप बारे छलफल गरिएको थियो। निरीक्षण टोलीले आयोजनालाई तोकिएको समयमै सम्पन्न गर्न सबै सरोकारवाला पक्ष जिम्मेवार र सक्रिय भएर कार्य गर्न निर्देशन दिएको छ।


























