पराशर गुरुकुलमा योग म्याट हस्तान्तरण, योगप्रति चेतना अभिवृद्धिमा सहयोग

पराशर गुरुकुलमा योग म्याट हस्तान्तरण, योगप्रति चेतना अभिवृद्धिमा सहयोग


दमौली माघ २४
पतंजली योग समिति अन्तर्गत सञ्चालनमा रहेको आरोग्य योग साधना केन्द्र, व्यास–३, दमौलीको तर्फबाट व्यास–५ स्थित पराशर गुरुकुलमा योग म्याट हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको छ।
आरोग्य योग साधना केन्द्रका साधक–साधिकाहरू तथा पराशर गुरुकुलका विद्यार्थीहरूको संयुक्त सहभागितामा कार्यक्रम सम्पन्न भएको हो। योग अभ्यासलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा गुरुकुलका विद्यार्थीहरूलाई योग अभ्यासमा थप सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।
पराशर आश्रमका अध्यक्ष सत्यप्रसाद खनालको अध्यक्षतामा आयोजित कार्यक्रममा योग म्याट हस्तान्तरण गरिएको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले योगले शारीरिक, मानसिक तथा आत्मिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताउँदै विद्यार्थी जीवनदेखि नै योग अभ्यासलाई दैनिक जीवनमा समावेश गर्नुपर्नेमा जोड दिएका थिए।


कार्यक्रमले गुरुकुल र योग साधना केन्द्रबीचको आपसी सहकार्यलाई थप सुदृढ बनाएको सहभागीहरूले बताएका छन्। यस किसिमका कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गरिने आरोग्य योग साधना केन्द्रले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page