गणितीय हाजिरीजवाफ प्रतियोगितामा सत्यवती मावि प्रथम

गणितीय हाजिरीजवाफ प्रतियोगितामा सत्यवती मावि प्रथम


दमौली, फागुन ८ — गणित शिक्षा परिषद् तनहुँ को आयोजनामा सम्पन्न गणितीय हाजिरीजवाफ प्रतियोगितामा सत्यवती मा.वि., दमौली प्रथम भएको छ। विजेता विद्यालयले नगद रु. १० हजारसहित उपाधि जितेको छ।
सत्यवती मावि परिसरमा सम्पन्न प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयका २१ समूहको सहभागिता रहेको थियो। लिखित चरणबाट उत्कृष्ट ६ समूह मौखिक चरणका लागि छनोट भएका थिए। मौखिक चरणमा १२ चरणको प्रश्नोत्तर प्रतिस्पर्धा सञ्चालन गरिएको थियो।
कार्यक्रम परिषद्का अध्यक्ष अनिल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। उक्त अवसरमा प्रमुख अतिथि बैकुण्ठ न्यौपाने (नगर प्रमुख, व्यास नगरपालिका) ले विजेता टोलीलाई पुरस्कार वितरण गर्दै यस्ता कार्यक्रमले विद्यार्थीमा गणितप्रतिको रुचि अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो।


प्रतियोगितामा भिम मेमोरियल, भिमाद नगरपालिका दोस्रो (रु. ८ हजार) र हंश बाहिनी, शुक्ला गण्डकी नगरपालिका तेस्रो (रु. ६ हजार) भएका छन्। यस्तै पवित्रा मावि, पंचमुनि मावि र अरनिको, खैरेनीले सान्त्वना पुरस्कार (रु. २ हजार) प्राप्त गरेका छन्।
वक्ताहरूले हाजिरीजवाफ प्रतियोगिता केवल जित–हारमा सीमित नभई सिकाइको महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई निरन्तर अध्ययन र अभ्यासमा लाग्न आग्रह गरेका थिए। आयोजकले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page