दाउन्ने सडक खण्डमा बस र ट्रक दुर्घटना ,३ जनाको मृत्यु , १९ घाईते , थप विवरण आउन बाँकी

दाउन्ने सडक खण्डमा बस र ट्रक दुर्घटना ,३ जनाको मृत्यु , १९ घाईते , थप विवरण आउन बाँकी

काठमाडौंबाट रोल्पातर्फ जाँदै गरेको यात्रुबाहक बस र ट्रक ठोक्किँदा नवलपरासीको दाउन्ने क्षेत्रमा गम्भीर दुर्घटना भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने बतासेडाँडामा भएको उक्त दुर्घटनामा दुवै सवारीसाधन सडकबाट खस्दै खोलामा पुगेका छन् ।
इलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख कृष्णप्रसाद डाँगीका अनुसार दुर्घटनामा कम्तीमा तिन जनाको ज्यान गएको पुष्टि भएको छ भने १९ भन्दा बढी यात्रु घाइते भएका छन् । घाइतेहरूलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल परासीमा उपचारका लागि लगिएको छ ।
प्रहरीका अनुसार लु २ ख २३५१ नम्बरको बसलाई सोही दिशाबाट आइरहेको ना ७ ख ९३८८ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ठक्करको प्रभावले दुवै सवारी नियन्त्रण बाहिर गई खोलामा खसेका हुन् ।


दुर्घटनामा मृतकको संख्या अझ बढ्न सक्ने आशंका गरिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page