दमौलीमा ‘नरेन्द्र एण्ड सन्स स्पोर्ट्स हाउस’ ग्राहकको रोजाइमा

दमौलीमा ‘नरेन्द्र एण्ड सन्स स्पोर्ट्स हाउस’ ग्राहकको रोजाइमा


दमौली, तनहुँ — व्यास नगरपालिका–२ दमौलीमा नरेन्द्र श्रेष्ठले सञ्चालन गरेको ‘नरेन्द्र एण्ड सन्स स्पोर्ट्स हाउस’ यतिबेला युवा खेलाडीहरूको मन जित्न सफल भएको छ।
करिब एक वर्षअघि स्थापना गरिएको उक्त पसलमा ब्याडमिन्टनसँग सम्बन्धित सम्पूर्ण सामग्रीसहित अन्य विभिन्न खेलका सामग्रीहरू उपलब्ध छन्। साथै ट्रफी, मेडल तथा मायाको चिनोसमेत एउटै छानामुनि पाइने व्यवस्था गरिएको सञ्चालक श्रेष्ठले बताए।
विशेषगरी ब्याडमिन्टन खेलाडीहरूका लागि र्याकेट मर्मत सेवा पनि यहाँ उपलब्ध छ। दैनिक रूपमा १० देखि १५ वटासम्म च्यातिएका जाली (स्ट्रिङ) बुन्ने काम हुने गरेको श्रेष्ठको भनाइ छ।
लामो समय विदेश बसाइपछि स्वदेश फर्किएका श्रेष्ठले अहिले आफ्नै ठाउँमा परिवारसँगै व्यवसाय सञ्चालन गरिरहेका छन्। स्वदेशमै केही गर्ने सोचका साथ सुरु गरिएको व्यवसायप्रति आफू सन्तुष्ट रहेको र व्यापार पनि राम्रो हुँदै गएको उनले बताए।

स्थानीय स्तरमै खेल सामग्री र सेवा सहज रूपमा उपलब्ध भएपछि खेलाडीहरूलाई थप सुविधा पुगेको विश्वास गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page