कर्मचारीमाथि हातपात गर्ने व्यक्तिमाथि कारबाहीको माग

कर्मचारीमाथि हातपात गर्ने व्यक्तिमाथि कारबाहीको माग


दमौली । भानु नगरपालिका वडा नं. ९ मा कार्यरत सव–इन्जिनियर हर्कबहादुर सिन्जाली लगायतका कर्मचारीमाथि हातपात तथा अभद्र व्यवहार गर्ने स्थानीय बुद्ध श्रेष्ठविरुद्ध कडा कारबाहीको माग गरिएको छ।
कार्यालय समयमै सेवा प्रवाह भइरहेको अवस्थामा घटेको उक्त घटनाप्रति आपत्ति जनाउँदै कर्मचारीहरूले दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका हुन्। उनीहरूले यस्ता घटनाले कर्मचारीको मनोबल घटाउनुका साथै सेवाग्राहीमा असुरक्षा बढाउने उल्लेख गर्दै समयमै कारबाही नभए आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन्।


यसैबीच, आधिकारिक ट्रेड युनियन तनहुँका अध्यक्ष रामहरि खनालले घटनाप्रति दुःख व्यक्त गर्दै कार्यस्थलमा सुरक्षित वातावरणको माग गरेका छन्। उनले राष्ट्रसेवक कर्मचारीमाथि अमानवीय शैलीमा भएको साङ्घातिक आक्रमण निन्दनीय रहेको उल्लेख गर्दै आक्रमणकारी पक्राउ परिसकेको अवस्थामा कानुनबमोजिम कडा कारबाही गर्नुपर्ने बताएका छन्। यस्तै उक्त घटना प्रति भानु नपा स्थित नेपाल निजामती कर्मचारी युनियन तथा नेपाल निजामती कर्मचारी संघ भानु लगायतका अन्य कर्मचारीले समेत दाेसिलाइ हदैसम्मको कारबाहीको माग गरेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page