चिजकुमार विष्णु कुमारी क्याम्पसको अधिवेशन सम्पन्न , अध्यक्षमा पिया

तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित चिजकुमार विष्णु कुमारी क्याम्पसको १७औँ वार्षिकोत्सव तथा ५औँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको क्याम्पसले जनाएको छ।
नवगठित कार्यसमितिको अध्यक्षमा सरिता पिया निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा कुलेन्द्र गौतम चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा गोविन्द प्रसाद अधिकारी, दिलमाया थापा, जीवन कायस्थ, धन बहादुर आले, जलालदिन मिया, विष्णुमाया डल्लाकोटी तथा विजया अधिकारी रहनुभएको छ। यस्तै पदेन सदस्यहरूमा वडा अध्यक्ष शिव कुमार श्रेष्ठ, पवित्रा माविका पीटीए अध्यक्ष दीपक देवकोटा, पवित्रा माविका प्रधानाध्यापक विष्णु प्रसाद न्यौपाने, क्याम्पस प्रमुख माधव पण्डित (सदस्य सचिव) तथा पवित्रा माविका अध्यक्ष डिल बहादुर राना रहनुभएको छ।

अधिवेशनले क्याम्पसको शैक्षिक विकास, गुणस्तरीय शिक्षा प्रवर्द्धन तथा समुदायसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।


























