भानु नगरपालिकामा नगरस्तरीय कृषि सञ्जाल गठन

भानु नगरपालिकामा नगरस्तरीय कृषि सञ्जाल गठन


तनहुँ, जेठ २७ — भानु नगरपालिकामा कृषकहरूको हकहित संरक्षण, कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि, आधुनिक कृषि प्रविधिको विस्तार, बजार व्यवस्थापन तथा कृषकहरूबीच समन्वय र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले नगरस्तरीय कृषि सञ्जाल गठन गरिएको छ।
नगरपालिकाका कृषकहरूको भेलाबाट गठन गरिएको उक्त सञ्जालले कृषि क्षेत्रको विकास, किसानका समस्या समाधान तथा उत्पादन र बजारीकरणलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
सञ्जालको संयोजकमा कुशल चन्द्र अधिकारी, सह–संयोजकमा रामबहादुर घर्ती, सचिवमा दिपेन्द्र अधिकारी, सह–सचिवमा श्यामकुमार श्रेष्ठ तथा कोषाध्यक्षमा विनोदकुमार श्रेष्ठ चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा रणसिं तामाङ, गणेश ढकाल, मानबहादुर भण्डारी, फडिन्द्र बगाले, सोमप्रसाद शर्मा, कृष्णबहादुर श्रेष्ठ, विष्णुहरि कार्की र चिरञ्जीवी लौडारी रहेका छन्।


नवनिर्वाचित सञ्जालले कृषकहरूबीच सहकार्य विस्तार गर्दै कृषि उत्पादन वृद्धि, प्रविधि हस्तान्तरण र बजार व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page