ऋषिथुममा नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

ऋषिथुममा नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न


तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित ऋषिथुम टोल विकास संस्थाको आयोजनामा एक दिवसीय नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ।
उपकार तालिम केन्द्रको सहजीकरणमा आयोजित कार्यक्रममा मुख्य प्रशिक्षक रामभक्त घिमिरेले नेतृत्व, सकारात्मक सोच, सञ्चार कला र समाज विकासका विषयमा प्रशिक्षण दिनुभएको थियो। कार्यक्रममा मेडिटेसन, प्रेरणादायी भिडियो तथा सामूहिक सङ्कल्पमार्फत सहभागीहरूलाई समाज रूपान्तरणमा सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गरिएको थियो।


कार्यक्रममा स्थानीय बुद्धिजीवी, जनप्रतिनिधि तथा टोलवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो। समापनका अवसरमा टोल विकास संस्थाका अध्यक्ष कमलजंग थापाले आगामी दिनमा युवा तथा बालबालिकालाई लक्षित यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page