बन्दीपुरमा प्रदेश स्तरीय कराते प्रतियोगिता हुने
तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा आगामी असार ५ देखि ७ गतेसम्म प्रदेश स्तरीय कराते प्रतियोगिता आयोजना हुने भएको छ। प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशको प्रवर्द्धन तथा नेपाल कराते महासंघ गण्डकी प्रदेशको आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो।
प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न जिल्लाका २ सय ५० भन्दा बढी खेलाडीहरूको सहभागिता रहने नेपाल कराते महासघ गण्डकी प्रदेशका अध्यक्ष मनिराज थापाले बताए । प्रतियोगितामार्फत खेलकुदको विकास, खेलाडीहरूको क्षमता अभिवृद्धि तथा राष्ट्रिय गौरव र सामाजिक रूपान्तरणमा योगदान पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा विजेताहरूलाइ ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

अध्यक्ष थापाले प्रतियोगिताको अवलोकन तथा उत्साहवर्द्धनका लागि सम्पूर्ण खेलप्रेमी, सरोकारवाला तथा स्थानीयवासीलाई उपस्थित हुन आग्रह गरेका छन् ।




























