सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न


सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत नेपाल प्रहरीसँगको समन्वयमा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण कार्यक्रम प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको अध्यक्षतामा सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तिवारी, सामी जिल्ला कार्यक्रम संयोजक लुना राना तथा प्रहरी नायब उपरीक्षक द्वारिका घिमिरेले सहजीकरण गर्नुभएको थियो। उहाँहरूले वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका तथा वैदेशिक रोजगारीसँग सम्बन्धित सरोकारवालाहरूलाई सुरक्षित, मर्यादित र व्यवस्थित आप्रवासनका विषयमा जानकारी दिनुभएको थियो।
अभिमुखीकरणका क्रममा वैदेशिक रोजगारीमा जाँदा अपनाउनुपर्ने कानुनी प्रक्रिया, श्रम स्वीकृति, रोजगारदाता तथा म्यानपावर कम्पनीको छनोट, सम्भावित जोखिम न्यूनीकरण, मानव बेचबिखन तथा ठगीबाट बच्ने उपायलगायतका विषयमा जानकारी प्रदान गरिएको थियो। साथै, समस्यामा परेका श्रमिक तथा उनीहरूका परिवारले प्राप्त गर्न सक्ने सेवा तथा सहयोगका बारेमा समेत छलफल गरिएको थियो।


कार्यक्रमको सञ्चालन व्यास नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत राजेन्द्र कार्कीले गर्नुभएको थियो। सहभागीहरूले कार्यक्रमबाट वैदेशिक रोजगारीलाई सुरक्षित र उपलब्धिमूलक बनाउन आवश्यक जानकारी प्राप्त भएको बताएका थिए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page