तनहुँ प्रहरीको सर्च एण्ड स्विप अपरेसनमा २१ जना नियन्त्रणमा, ६ जनामाथि अनुसन्धान जारी

तनहुँ प्रहरीको सर्च एण्ड स्विप अपरेसनमा २१ जना नियन्त्रणमा, ६ जनामाथि अनुसन्धान जारी

दमौली, असार ४ । जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले लागुऔषध नियन्त्रण, अवैध मदिरा कारोबार, शान्तिसुरक्षा कायम, फरार अभियुक्त पक्राउ, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोत–साधनको अनधिकृत प्रयोग नियन्त्रणका लागि सञ्चालन गरेको सर्च एण्ड स्विप अपरेसनका क्रममा २१ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका २१ जनामध्ये १४ जनालाई आफन्तको जिम्मा लगाइएको छ भने ६ जनामाथि थप अनुसन्धान भइरहेको छ। साथै एक जना व्यक्ति अन्य कार्यालयको मुद्दा प्रक्रियामा फरार रहेको खुलेपछि आवश्यक कारबाहीका लागि सम्बन्धित कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ।

जिल्लामा शान्तिसुरक्षा कायम राख्न तथा विभिन्न आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले यस्ता अपरेसनलाई निरन्तरता दिने जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page