ऐना पहरामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

ऐना पहरामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध


तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहरामा शुक्रबार राति पहिरो खस्दा पृथ्वी राजमार्ग दुवैतर्फ अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मिति २०८३ असार ५ गते राति करिब १० बजे सडकबाट करिब ३० मिटर माथिबाट हिलो, माटो र ढुङ्गा खसेर राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो।
घटनापछि इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट प्रहरी निरीक्षकको कमाण्डमा १५ जना प्रहरी टोली घटनास्थलमा खटिएको छ। सडक खुलाउने कार्यका लागि सडक डिभिजन कार्यालय आँबुखैरेनीसँग समन्वय गरी जेसीबी घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ।
सडक अवरुद्ध भएपछि सवारीसाधनहरू दुवैतर्फ रोकिएका छन्। पहिरो पन्छाउने कार्य जारी रहेकाले यात्रु तथा चालकलाई आवश्यक सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page