तनहुँ समाज हङकङद्वारा गम्भीर तीन बिरामीलाई रु. ५ लाख ७६ हजार आर्थिक सहयोग


तनहुँ समाज हङकङले मिर्गौला फेल तथा क्यान्सरबाट पीडित तीन जनालाई जनही रु. १ लाख ९२ हजार का दरले कुल रु. ५ लाख ७६ हजार आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
तनहुँ समाज हङकङका अध्यक्ष कर्णबहादुर नेपालीको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्वअध्यक्ष मिनराज गुरुङ, जङ्गबहादुर थापा तथा आजीवन सदस्य एवं सल्लाहकार शेरबहादुर मल्ल लगायतको उपस्थिति रहेको थियो।
सहयोग प्राप्त गर्नेमा बन्दीपुर–४ का दुवै मिर्गौला फेल भई नियमित डायलाइसिस गराइरहेका सुकबहादुर गुरुङका तर्फबाट उनकी श्रीमती भोमाया गुरुङ, ऋषिङ–८ पल्ट्याङका सोमबहादुर नेपाली काे छाेरा बर्ष १० का सुदिप नेपाली तथा ऋषिङ–८ का दुर्गबहादुर थापाकी ६५ वर्षीया क्यान्सर पीडित श्रीमती बिसरा थापा रहेका छन्।
तनहुँ समाज हङकङले यसअघि पनि जिल्लाका गरिब, असहाय तथा विभिन्न रोगबाट पीडित व्यक्तिहरूलाई पटक–पटक आर्थिक सहयोग गर्दै आएको जनाएको छ। यसपटकको सहयोग रकम सङ्कलन अभियान समाजका वर्तमान सचिव एम. थापा मगरको संयोजनमा सम्पन्न भएको हो।

सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपी अधिकारी ,पुर्व अध्यक्ष ओमकार आचार्य , सदस्य बिकास खनाल , बन्दीपुर गापा पुर्व उपाध्यक्ष करूणा गुरूङ लगायतको उपस्थिति रहेको थियो ।



























