सिद्धार्थ होटलले पायो थ्री स्टार , तनहुँमै पहिलो ‘अति उत्तम’ श्रेणीमा

सिद्धार्थ होटलले पायो थ्री स्टार , तनहुँमै पहिलो ‘अति उत्तम’ श्रेणीमा


तनहुँको दमौलीस्थित सिद्धार्थ होटलले होटल स्तरीकरण तथा अनुगमनमा ‘अति उत्तम’ श्रेणी प्राप्त गर्दै थ्री स्टार हरियो स्टिकर र थ्री स्टार लोगो हासिल गरेको छ।
होटलको सेवा, सरसफाइ, खाद्य सुरक्षा, भान्सा व्यवस्थापन तथा समग्र सञ्चालनको मूल्याङ्कनका आधारमा होटललाई ‘अति उत्तम’ श्रेणीमा राखिएको हो। यससँगै सिद्धार्थ होटल तनहुँमा हालसम्मको अनुगमनमा थ्री स्टार हरियो स्टिकर प्राप्त गर्ने पहिलो होटल बनेको छ।
अनुगमन टोलीमा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, उपप्रमुख इन्दिरा दरै, प्रमुख प्रशासकीय अधिकृत शुकदेव लम्साल, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख ज्योति आचार्य, अशोक गाैतम , जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।


होटलले स्तरीकरणमा ‘अति उत्तम’ श्रेणी हासिल गरेपछि नगरप्रमुख वै्कुण्ठ न्यौपानेले सिद्धार्थ होटल परिवारलाई बधाई दिँदै आगामी दिनमा अझ उत्कृष्ट सेवा प्रवाह गर्दै जिल्लाकै नमुना होटलका रूपमा स्थापित हुन शुभकामना व्यक्त गर्नुभयो। उहाँले यस्ता स्तरीकरणले जिल्लाका होटल तथा पर्यटन व्यवसायको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page