तनहुँमा ‘मधेसी समाज तनहुँ’ गठन, अध्यक्षमा ब्रजेश साह

तनहुँमा ‘मधेसी समाज तनहुँ’ गठन, अध्यक्षमा ब्रजेश साह


दमौली, असार २१। तनहुँमा बसोबास गर्ने मधेसी मूलका समुदायबीच शनिबार आयोजित छलफलबाट ‘मधेसी समाज तनहुँ’ गठन गरिएको छ।
समाजको अध्यक्षमा ब्रजेश साह चयन भएका छन्। यस्तै उपाध्यक्षमा परमेश्वर प्रसाद साह र मोबिन आलम साह, सचिवमा सुरज कुमार गुप्ता, सहसचिवमा सुनील गुप्ता तथा कोषाध्यक्षमा मोतिलाल प्रसाद साह चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा विष्वनाथ साह, विराट ठाकुर, विपिन रौनियार, मनोज गुप्ता र विशाल कुमार गुप्ता रहेका छन्।
यस्तै समाजको सल्लाहकारमा मोहन साह, नसिमुल हक अन्सारी, सबिनाथ दास, सुनील ठाकुर, बालप्रसाद साही र कुमार मल्ल चयन भएका नवनिर्वाचित अध्यक्ष ब्रजेश साहले बताए ।

छलफलले मधेसी मूलका समुदायबीच आपसी एकता, सामाजिक सद्भाव, सहकार्य तथा समुदायका साझा हितका विषयमा संगठित रूपमा अघि बढ्ने उद्देश्यसहित मधेसी समाज तनहुँ गठन गरेको जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page