लक्ष्मी सनराइज बैंकद्वारा महेन्द्र माध्यमिक विद्यालयलाई ४ थान डेल कम्प्युटर हस्तान्तरण
तनहुँको म्याग्दे गाउँपालिका–१ मा रहेको महेन्द्र माध्यमिक विद्यालयलाई लक्ष्मी सनराइज बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत ४ थान डेल कम्प्युटर हस्तान्तरण गरेको छ।
हस्तान्तरण कार्यक्रममा लक्ष्मी सनराइज बैंकका गण्डकी प्रदेश प्रमुख उज्वल बैध, दमौली शाखा प्रमुख सुमन तिमल्सिना, डुम्रे शाखा प्रमुख कृतिमान राना तथा म्याग्दे गाउँपालिका–१ का वडाध्यक्ष मणिभद्र वाग्ले लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सोमबहादुर थापाले स्वागत मन्तव्य राखेका थिए भने वडाध्यक्ष वाग्लेले बैंकप्रति धन्यवाद ज्ञापन गर्दै कम्प्युटरले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

उक्त कार्यक्रमको सञ्चालन सागर आचार्यले गरेका थिए।


























