गण्डकी प्रदेशस्तरीय फुटबलमा तनहुँ विजयी

गण्डकी प्रदेशस्तरीय फुटबलमा तनहुँ विजयी

गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताको उद्घाटन खेलमा तनहुँ विजयी भएको छ ।
तनहुँले गोर्खालाई ३–० गोल अन्तरले सहज जित निकाल्दै विजयी भएको हो । खेलको २० औं मिनेटमा तनहुँका सन्त बहादुर गुरुङले पहिलो गोल गरेका थिए भने खेलको २३ औ मिनेटमा राम थापाले दाेस्राे र दिपेश आले मगरले ३१ औ मिनेटमा तेस्रो गाेल गरेका थिए । खेलमा सन्त बहादुर गुरुङ म्यान अफ द म्याच घोषित भए ।

यहि जेठ २८ गते सम्म सञ्चालन हुने प्रतियोगिता गण्डकी प्रदेशका १० जिल्लाको सहभागिता रहेको छ । नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिता अन्तर्गत आज शनिबार चार खेल सञ्चालन हुनेछन् । जस अन्तर्गत पहिलो खेल विहान ८ बजे म्याग्दीले स्याङजाको सामना गर्नेछ भने दोस्रो खेल कास्की र नवलपुर, तेस्रो खेल पर्वत र बागलुङका बीच हुनेछ भने चौथो खेल लमजुङले तनहुँको सामना गर्ने संघका महासचिव बिनोद गुरुङले बताए ।

यस अघि प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले गरेका थिए । गण्डकी प्रदेश फुटबल संघका वरिष्ठ उपाध्यक्ष मिलन गुरुङको अध्यक्षतामा कार्यक्रम भएको थियो । प्रतियोगिताबाट दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनौट हुनेछन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page