आज हुने भनिएको पत्रकार महासंघको अधिवेशन अनिश्चितकालका लागि स्थगित

आज हुने भनिएको पत्रकार महासंघको अधिवेशन अनिश्चितकालका लागि स्थगित


नेपाल पत्रकार महासंघको २७औँ महाधिवेशन अनिश्चित कालका लागि स्थगीत भएको छ । जेठ २६ गते सनिवार ( आज ) का लागि निर्वाचनको मिति तोकिएकोमा उक्त मितिमा मतदान नहुने भएको हो ।

मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास जारी रहेकाले आउँदो असार दोस्रो हप्ताभित्रै मतदान गर्नेगरी अध्यक्ष मण्डलसँगको परामर्समा अर्को मिति तय हुने महासंघका अध्यक्ष विपुल पोख्रेलद्वारा हस्ताक्षरीत विज्ञप्तीमा जानकारी दिईएको छ । निर्वाचन समिति गठन गर्न बाँकी शाखा समिति, एसोसिएट संस्था र प्रदेश समितिलाई यथाशीघ्र निर्वाचन समिति गठन गरेर निर्वाचन समितिलाई जानकारी गराउनका लागि हध्यक्ष पोख्रेलले आग्रह गरेका छन् ।

मतदाता नामावली छनौटलगायतमा बिभिन्न बिबाद भएपछि अध्यक्ष पोख्रेलले तत्कालका लागि महासंघको निर्बाचन स्थगन गरेका हुन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page