१३ वर्षदेखि बेपत्ता सलिनाकाे बुवा डिलबहादुर मलेसियामै रहेको खुलासा
विगत १३ बर्षदेखि सम्पर्कबिहिन रहेका म्याग्दे १ बाख्रेका डिलबहादुर गुरूङ मलेसियामै रहेको खुलासा भएको छ । एपेन्डिक्स बिरामी सलिना गुरूङकाे बुवा डिलबहादुर गुरूङ मलेसियाको जाेरबारू भन्ने ठाउँमा रहेको श्राेतले बताएको छ । केही दिन अगाडि उनको पारिवारिक अवस्था , बिमारी छाेरि लगायतको बिषयमा तनहुँ प्रेस डट कममा फाेटाे सहितको समाचार प्रकाशन भए पछि उनको व्यापक खाेजि भएको थियो ।

राेजगारिकाे सिलसिलामा मलेसिया गएका डिलबहादुरकाे घरमा बिरामी छाेरि पिडाले छट्पटाइ रहेकाे सम्बन्धि समाचार बाहिर आए पछि मलेसियामा बस्ने नेपालीहरूले खाेजि कार्यलाई तिव्र पारेका थिए । बिरामी सलिनाकाे आमा ढकमाया गुरूङका अनुसार उनका दाइ ओमनमा बस्ने बुद्धि गुरूङकाे साथी मलेसियामा बस्ने भिमबहादुर गुरूङ सँग डिलबहादुर टिकटकमा भेटिएका थिए । फेसवुक र टिकटकमा गुरूङ तारा आइडिमा देखिएका उनलेे आफ्नाे बारेमा पत्ता लाग्ने भयो भनेर तत्कालै भिम गुरूङलाइ ब्लक हानेका थिए ।



जिवित नै रहेछ , सुरुमा जुन ठाउँमा गएको हाे त्यही ठाउँमा रहेछ भन्ने पत्ता लाग्यो सलिनाकि आमा ढकमाया भन्छिन् । अब नेपाल ल्याउने कसरी हाे ? पहिल्यैदेखि मलेसियाको जाेरबारूमा काम गरेको र अहिले पनि त्यही रहेको सम्म जानकारी आयाे उनले भनिन् । घरको याे अवस्था देखेर बुझेर आएपनि हुन्थ्यो नि उनलेे मलिन अनुहार पार्दै भन्छिन् । आबिगत ३ महिना देखि एपेन्डिक्सले थलिएर छाेरि सलिना घरमै छन् । पढ्ने उमेरमा थलिन पर्दा एकातिर उनी मानसिक पिडामा छन् भने अर्कोतिर अस्वस्थताकाे दुखाइ अनी बुवा बेपत्ताको पिडामा छिन् । त्यतिमात्रै हाेइन घरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकोले पनि परिवारमा समस्या छ ।


घरमा आमा सँग रहेकि बिरामी सलिना मुनि दुईवटा भाइबहिनी छन् । उनको बहिनी कक्षा ७ मा र भाइ कक्षा ५ मा पढ्छन् । परिवार पाल्नुपर्ने , पढाउनुपर्ने सबै बाध्यता उनकी आमा ढकमाया गुरूङलाइ छ । जेनतेन मेलापात गरेर हुर्काउँदै पढाउँदै गर्दा एक्कासि ठुलो छाेरि एपेन्डिक्सले थलिएपछि उनकि आमा भावविह्वल छिन् । आमा ढकमाया भन्छिन् मलाई कति भाग्यले ठगेको रछ , एक्लै छु ,खाने चामल कसरी पुर्याउने भन्ने अवस्थामा बाउकाे अत्ताेपत्ताे छैन , छाेरिकाे याे हालत छ , अझै अहिलेत घर पनि चुहिन थालेको छ । कान्छो छाेराकाे अनुहार बाउ भनाउदाले अहिलेसम्म देखेका छैनन् , छाेराछाेरिले हाम्रो बा खै ? कहिले आउनुहुन्छ भन्छन् ! म नतमस्तक हुन्छु । उनलाई खाेजेर घरमा ल्याउने बाताबरण मिलाइदिन उनलेे सबैलाई आग्रह गरेकि छन् ।


























