सलिनाकाे उपचारको लागि ७ लाख ३० हजार सहयोग संकलन

सलिनाकाे उपचारको लागि ७ लाख ३० हजार सहयोग संकलन

तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं १ बाख्रे घर भएकि एपेन्डिक्स बिरामी सलिना गुरूङकाे उपचारको लागि ७ लाख ३० हजार रूपयाँ सहयोग संकलन भएको छ ।

१६ वर्षीय सलिना विगत साँढे ३ महिना देखि एपेन्डिक्सले थलिएर बसेकाे र आर्थिक अवस्था कमजोर भएकोले समयमा उपचार हुन नसकेको भन्ने समाचार तनहुँ प्रेस डट कमले प्रकाशित गरेपछि अहिले देशबिदेशबाट उनको उपचारको लागि भन्दै गरेको सहयोगकाे संकलित रकम ७ लाख ३० हजार पुगेको हाे । सलिनाकाे उपचारको लागि फाेन पे वाट सुप्रिम सहकारीमा २ लाख ७२ हजार ३ सय रूपयाँ जम्मा भएको छ भने कामना सेवा बिकास बैंकमा २ लाख ५१ हजार रूपया जम्मा भएको छ । यस्तै अन्य बाँकी रकम बिरामीको घरमै पुगेर दिएको रहेको छ । यी सबै रकम जाेड्दा सुक्रवारसम्म सलिना लाई बैंक तथा सहकारीमा र नगद गरेर ७ लाख ३० हजार रूपयां सहयोग रकम प्राप्त भएको छ ।

बिरामी सलिनाकि आमा ढकमाया गुरूङका अनुसार सलिना लाई सुरुमा गत बैशाख ३ गतेदेखि गण्डकी अस्पताल पाेखरामा भर्ना गरेर उपचार गरिएको थियो । त्यसवेला उनी साँडे २ महिना अस्पतालमा भर्ना भएर बसेकि थिइन् । डेढ महिना अस्पतालमा बस्दा तीन लाख भन्दा बढी खर्च भएको आमा ढकमायाले जानकारी दिइन् । दाजुभाइ , माइती , छिमेकी सबैले सहयोग गरेको र कानको गहना समेत फुकालेर छाेरिकाे उपचार गरेको उनले बताइन् ।

समयमै उपचार गर्न पैसा नभएकोले ढिला हुँदा एपेन्डिक्स फुटेर आन्द्रा काटेर फाल्न परेको भन्दै उनले दाेस्राे अप्रेसनलाई फेरि पैसाको अभाव भएको र घाउ पनि नआोभाएकाेले डाक्टरले घरमा पठाएको उनलेे बताइन् । सलिनालाइ उपचारको लागि दुईपटक पाेखरा जान म्याग्दे गाउँपालिकाले एम्बुलेन्स निशुल्क उपलब्ध गराएको थियो । उनलाई अघिल्लो हप्ता मात्रै राेगले थप चापेर पाेखरा लगिएको थियो ।


छाेरिलाई थप समस्या भएर अघिल्लो हप्ता मात्रै पाेखरा लगेको भए पनि कमजोर स्वास्थ्य अवस्थाका कारण यही अवस्थामा अप्रेसन हुन नसक्ने बताएपछि आइतबार उनले छाेरिलाइ घरमा फिर्ता ल्याएकि थिइन् ।


आमा ढकमायाका अनुसार अब एक हप्ता पछि उनलाई गण्डकी अस्पतालमा लैजाने र त्यहिवेलामा डाक्टरले अप्रेसनकाे मिति ताेक्ने छन् ।बिरामी सलिनाकाे घरमा आमा , एक भाइ र बैनि रहेका छन् ।यस्तै उनका बुवा डिलबहादुर गुरूङ १२ वर्षदेखि मलेसियाबाट सम्पर्क बिहिन भएकोमा अहिले सम्पर्कमा आएका छन् । बुवा डिलबहादुरले हरेक दिन घरमा फाेन गर्न थालेको सलिनाले बताइन् । व्यास नगरपालिका-५ ठुलोटार स्थित उदय माबिमा कक्षा १० मा अध्यनरत १६ वर्षीय सलिनाको एपेन्डिक्स भएर थलिएपछि स्कुल जान छाडेकी थिइन् । सलिनाकाे उपचार खर्च रकम संकलन अभियानकाे लागि म्याग्दे दमाैलि समाजले सबैभन्दा पहिला अभियान सुरु गरेकाे थियो ।

सहयोगीहरू बाट पैसा संकलन भएपछि सलिनाकि आमा ढकमाया खुसि छन् । अब छाेरिकाे उपचार गर्न पैसा जम्मा भएको भन्दै उनलेे सबै सहयोगीहरू लाई धन्यवाद दिएकि छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page