१५ दिनमा दमाैलीकाे फाेहाेर उठ्यो , तत्काललाई भतेरीमा व्यवस्थापन गर्ने

१५ दिनमा दमाैलीकाे फाेहाेर उठ्यो , तत्काललाई भतेरीमा व्यवस्थापन गर्ने

तनहुँकाे व्यास नगरपालिका स्थित दमाैली बजारमा १५ दिन देखि उठ्न नसकेको फाेहाेर उठेको छ । फाेहाेरकाे व्यवस्थापन गर्न नसक्दा साउन १ गतेदेखि राेकिएकाे फाेहाेर उठाउने काम आजबाट सुचारू भएको नगरपालिकाले बताएको छ । धेरै दिनसम्म फाेहाेर उठ्न नसक्दा बजारमा फाेहाेरकाे थुप्रो लाग्न थालेकाे र जहाँतहीँ फाेहाेरकाे थुप्रोले दुर्गन्धित हुन थालेपछि नगरपालिकालाई फाेहाेर उठाउन दबाब बढ्दै गएको थियो । नगरपालिकाले कुहिने फाेहाेर उठाएपनी नकुहिने फाेहाेर उठाउन सकिरहेको थिएन ।

यता व्यास नगरपालिकाले जग्गा टुंगो तथा अर्को ब्यबस्था नभए सम्म बजारको फाेहाेर आफ्नो कार्यालय प्राङ्गण भित्रै व्यवस्थापन गर्ने भनेपनि फाेहाेर व्यवस्थापन गर्ने ठाउँ तयारी नभएकोले २/४ दिनलाई भतेरीमा फालिएको बताइएको छ । नगरपालिकाकाे ७ गते बसेकाे बैठकले हाल कुहिने नकुहिने फाेहाेर सङ्कलनलाइ श्राेतबाटै बर्गीकरण गरिएकोमा नकुहिने पुन प्रयाेगमा आउने सामाग्री व्यवस्थापन गर्ने जग्गा खरिद प्रक्रिया चलिरहेकोले साे काे टुंगो नलाग्दासम्म वा अर्को व्यवस्था नभएसम्म नगरपालिका कार्यालय प्राङ्गण भित्रै नकुहिने फाेहाेर व्यवस्थापन गर्न कार्यालयलाई निर्देशन दिने निर्णय गरेको थियो ।

मादी नदिकाे किनार भतेरीमा उक्त फाेहाेर फाल्दै आएकाेमा असार मसान्तबाट सम्झौता सकिएपछि त्यहाँ फाेहाेर फाल्न स्थानीयले राेक लगाएपछि व्यास नगरपालिकालाइ फाेहाेरमैला ब्यवस्थापन गर्न मुख्य चुनाैती बनिरहेकाे छ ।
कार्यालय प्राङ्गण भित्रै फाेहाेर व्यवस्थापन गर्ने ठाउँको ट्रस्ट हाल्न लगायत अन्य केही काम बाँकी रहेकोले त्यतिन्जेल सम्म भतेरीमा फाेहाेर व्यवस्थापन गरिएको व्यास ३ का अध्यक्ष अनुप रानाले बताए । मंगलबार दिनभरि भतेरीमा फाेहाेर व्यवस्थापन गर्न खटिएका अध्यक्ष रानाले स्थानीयकाे चित्त बुझ्ने गरि फाेहाेरलाइ माटो ल्याएर पुरिएको बताए । तत्कालकाे जटिल अवस्थालाई मध्यनजर गर्दै रानाले स्थानीय , टाेलवासी तथा जग्गावाला हरू सँग समन्वय गरेका थिए ।

तिसौं बर्ष देखि फाेहाेरमैला ब्यवस्थापनकाे टुङ्गाे लाग्न नसक्दा नगरपालिकालाई फाेहाेरकाे व्यवस्थापन टाउको दुखाइकाे बिषय बनिरहेकाे छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page