म्याग्दे , भिमाद र दमाैलीकाे सफलतापछि कात्तिक ३ गते शुक्लागण्डकीमा चलचित्र “दिलसरा”

म्याग्दे , भिमाद र दमाैलीकाे सफलतापछि कात्तिक ३ गते शुक्लागण्डकीमा चलचित्र “दिलसरा”

तनहुँको म्याग्दे , भिमाद र दमौलीकाे अपार सफलतापछि चलचित्र ” दिलसरा ” यही कात्तिक ३ गते सनिवार शुक्लागण्डकीमा प्रदर्शन हुने भएको छ । नेपाल मगर संघ शुक्लागण्डकी नगरसमितीकाे आयाेजनामा दुलेगौंडामा रहेको ह्वाइटहाउस पार्टी प्यालेसमा पुर्वान्ह ११ बजे र २.३० बजे दिलसराकाे प्रदर्शन गरिने भएको हाे ।

उक्त दिन मगर संस्कृतिमा आधारित चलचित्र “दिलसरा” हेर्न आउन नगरसमितीले सम्पुर्णमा आव्ह्वान गरेको छ । मगर परम्पराको माध्यमवाट मौलिकता झल्काउने, सामाजिक,सांस्कृतिक र आर्थिक सन्देश प्रवाह गर्ने उद्देश्य लिएर चलचित्र निर्माण गरिएको बताइएको छ । यस अगाडि चलचित्र प्रदर्शन भएको तनहुँ सहित बुटवल र पाल्पामा चलचित्रकाे प्रदर्शनले मन जितेको फिल्म हेरेर निस्केका हजारौं दर्शकहरूले प्रतिक्रिया दिएका थिए । फिल्म साेचेभन्दा राम्रो र सन्देशमुलक भएको दर्शकहरूकाे प्रतिक्रिया थियो । मगर समुदायको बहुआयामिक सांस्कृतिक पक्ष उजागर गरिएको दिलसरामा भिमाद नपा ४ राङरूङ्गकी सृष्टि रानामगर मुख्य नायिका रहेकि छन् ।
पवित्रा थापाको मुख्य अभिनय एवं मिना थापा मगरको पटकथा लेखन रहेको चलचित्र संस्कृति जाेगाउने खालको र सन्देशमुलक रहेको छ ।

यसमा चलचित्रकी मुख्य पात्र तथा नायिका दिलसराले गरेको संघर्षलाई देखाइएको छ । मेनेको फिल्म्स् एण्ड मिडिया हाउस’ को व्यानरमा निर्मित चलचित्रको निर्देशन अशोक आले मगरले गरेका छन् । अशोक आले मगरले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता मेजर प्रेम थापा मगर, निर्माताहरुमा हर्क आले मगर, जुना थापा र मीना थापा छन् ।

चलचित्रको कथा जुना थापा मगर , पटकथा मीना थापा मगरले लेखेका हुन् भने चलचित्रमा कल्याण राना मगर, सृष्टि राना मगर, सुस्मिता पुन मगर, मिन पुन मगर, खड्गबहादुर पुन मगर (खबपु), भीमसरा घर्ती मगर, टेक पुर्जा पुन, सुनमाया थापा मगर, ओम विरकट्टा मगर, ओम श्रीष मगर तथा स्थानीय कलाकारले अभिनय गरेका छन् । चलचित्रको प्रदर्शनी सफल बनाउन दुलेगौंडामा प्रभावशाली महिला नेतृहरूकाे अलावा मगर संघ शुक्लागण्डकी नगरसमिती लागिरहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page