गाेरखाका डिएसपी सुवेदी गण्डकी प्रदेश ” उत्कृष्ट प्रहरी ” घाेषित

गाेरखाका डिएसपी सुवेदी गण्डकी प्रदेश ” उत्कृष्ट प्रहरी ” घाेषित
Oplus_0


जिल्ला प्रहरी कार्यालय गाेरखामा कार्यरत डिएसपी इन्द्र प्रसाद सुवेदी गण्डकी प्रदेशकाे उत्कृष्ट प्रहरी घाेषित भएका छन् । गण्डकी प्रदेश अन्तर्गतका इकाईहरुमा कार्यरत प्रहरी कर्मचारीहरूबाट सम्पादित कार्यको मुल्याङ्कन गरी कार्यसम्पादनमा प्रभावकारीता देखिएका प्रहरीबाट प्रदेशले उत्कृष्ट प्रहरी घाेसीत गर्दै आएकाे छ ।
सम्बन्धित प्रहरीलाई थप हौसला प्रदान गर्ने उद्देश्यले प्रत्येक महिनामा प्रदेश कार्यालयबाट “महिनाको उत्कृष्ट प्रहरी (Best Police Of the Month)” घोषणा गर्ने अभिप्रायले तयार पारिएको “महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधी -२०८१” को अधिनमा रही मातहत सबै कार्यालयहरुबाट सिफारिस भई आएका प्रहरी कर्मचारीहरु मध्ये सुवेदीलाई छनाेट गरिएको प्रहरी नायव महानिरीक्षक भाेला बहादुर रावलले बताए ।
सम्बन्धित कार्यालयबाट प्राप्त कार्य बिवरणलाई मुल्याङकन गर्दा २०८१ साल मंसिर महिनामा प्रहरी नायव उपरीक्षक ईन्द्र प्रसाद सुवेदी लाई (महिनाको उत्कृष्ट प्रहरी) Best Police Of the Month द्वारा पुरस्कृत गरिएको छ गण्डकी प्रदेश कार्यालय प्रमुख रावलले भने ।
डिएसपी सुवेदीले सांगठनिक निति निर्देशन बमोजिम प्रदान गरिएको जिम्मेवारी तथा पदिय दायित्वलाई इमानदार , बफादार , कर्तव्यनिष्ठ भइ उच्च सुझबुझका साथ कार्यसम्पादन गरेको सम्मानपत्रमा उल्लेख गरिएको छ । सुवेदीले गाेरखा स्थित बारपाक सुलिकाेट गाउँपालिका वडा नं १ बारपाक बस्ने महिलालाई कर्तव्य गरि मारी खाडल खनी पुरेको घटना मा संलग्न व्यक्तिलाई पक्राउ गरि कानुनी दायरामा ल्याउन नेतृत्वदायी भुमिका खेलेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page