आनन्द एजी चर्च मण्डली द्वारा बिद्यालयलाइ सरसफाइ तथा स्टेसनरी सामाग्री सहयोग
तनहुँकाे व्यास नगरपालिका वडा नम्बर १० दुम्सिचौरमा रहेको आनन्द एजी चर्च मण्डली परिवारले बिद्यालयलाई सरसफाइ सामाग्री सहयोग गरेको छ । साेही वडामा रहेको भानु माध्यमिक बिद्यालयलाई आनन्द एजी चर्चले क्रिसमस पर्वको अवसर पारेर सरसफाइ सामाग्री सहयोग गरेको हाे ।

विद्यालयलाई फोहर व्यवस्थापन गरि स्वस्थ र सफा वातावरण बनाउन सरसफाइ सामाग्री , डस्टविन, झाडु , कुचाे र गरीव विद्यार्थीहरुलाई स्टेसनरी व्यवस्थापन गर्न स्टेसनरी सामाग्री सहयोग गरेको बिद्यालयका प्रअ प्रेमबहादुर दरैले बताए । प्रअ दरैले सहयोगी संस्था आनन्द एजी चर्चलाई धन्यवाद दिँदै विद्यालय परिवारकाे तर्फबाट आभार प्रकट गरेका छन् । यस सहयोगले विद्यालयलाई सरसफाइ व्यवस्थापन गर्न सहज हुनुका साथै बालबालिकाहरुलाई स्टेसनरीमा सहयोग मिल्ने प्रअ दरैले बताएका छन् ।
उक्त अवसरमा व्यास १० का वडा सदस्य ईश्वर पौडेल र बासना कुवँर लगायतको उपस्थिति रहेको थियो ।

























