नेल्टा तनहुँको छैटौं वार्षिक साधारणसभा सम्पन्न, अन्तर्राष्ट्रिय सम्मेलनका अनुभव आदान प्रदान

नेल्टा तनहुँको छैटौं वार्षिक साधारणसभा सम्पन्न, अन्तर्राष्ट्रिय सम्मेलनका अनुभव आदान प्रदान

नेपाल अङ्ग्रेजी भाषा शिक्षक संघ (नेल्टा) तनहुँको छैठौं वार्षिक साधारणसभा तथा अन्तर्राष्ट्रिय सम्मेलनका अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि एवम् नेल्टा गण्डकी प्रदेश अध्यक्ष कमलराज लम्सालले नेल्टाका गतिविधिहरू अंग्रेजी भाषा तथा साहित्यका शिक्षकहरूको पेशागत विकासमा समर्पित रहेको जानकारी दिँदै सबै अंग्रेजी शिक्षकहरू यस संस्थामा आवद्ध हुनुपर्नेमा जोड दिए ।

नेल्टाले विभिन्न अवसर सिर्जना गरेको बताउँदै प्रदेश अध्यक्ष लम्सालले नेल्टाको सहयोगमा गत महिना जापानमा आयोजना भएको अंग्रेजी शिक्षकको अन्तर्राष्ट्रिय सम्मेलन (जाल्ट) मा सहभागी भई सो सम्मेलनमा आफुले पाएको ज्ञान, सीप र अनुभव सहभागीहरुलाई प्रस्तुत गरेको जानकारी दिए । ।

त्यसैगरी नेल्टा गण्डकीको सहयोगमा गत वर्ष अमेरिकाको पोर्टल्याण्डमा आयोजना भएको अन्तर्राष्ट्रिय सम्मेलन (टेसोल) मा सहभागी हुने नेल्टा गण्डकीका आईपी अध्यक्ष तथा सल्लाहकार डा. नवराज न्यौपानेले आफूले पेश गरेको शोधपत्र र यसबाट प्राप्त अनुभवहरूको सार प्रस्तुत गरेका थिए । कार्यक्रममा नेल्टा गण्डकीका बरिष्ठ उपाध्यक्ष डा पिताम्बर पौडेलले बंगलादेशमा आयोजना भएको अन्तर्राष्ट्रिय अङ्ग्रेजी शिक्षक सम्मेलन (बेल्टा)का आफ्ना अनुभव प्रस्तुत गरेका थिए भने नेल्टा गण्डकीका सचिव विनोद न्यौपानेले विद्वानका रुपमा अमेरिका भ्रमण गरेको अनुभव प्रस्तुत गरेका थिए । अमेरिकी दूतावास, RELO र Access कार्यक्रमहरूका साथै शिकागोमा रहेको शिक्षण र सिकाइ प्रक्रिया र विभिन्न देशका प्रतिनिधिहरूका बीचमा उनले शोधपत्रहरू प्रस्तुत गरेका थिए। त्यसैगरी नेल्टा तनहुँका अध्यक्ष डा वसन्त कँडेलले भारतको आसाममा भएको अंग्रेजी शिक्षकको अन्तर्राष्ट्रिय सम्मेलन (ELTAI) र गत महिना नेपालको धुलिखेलमा भएको STAR अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत शोधपत्र र अन्य अनुभवको सार प्रस्तुत गरेका थिए । कार्यक्रम जिल्ला अध्यक्ष डा कँडेलको अध्यक्षतामा भएको थियो ।

साथै समितिका उपाध्यक्ष प्रकाश खड्काले कार्यक्रमको उदेश्य र सान्दर्भिकता प्रस्तुत गरेका थिए । साधारण सभामा सचिव तीर्थराज परियार (बर्देवा) र कोषाध्यक्ष मनु सापकोटा पौडेलले क्रमशः संस्थाको वार्षिक प्रगति र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेल्टा तनहुँका संस्थापक अध्यक्ष चक्रबहादुर अधिकारी, पूर्वअध्यक्ष कृष्णहरि गैरे, वरिष्ठ अंग्रेजी शिक्षक महेन्द्र न्यौपाने, पूर्व कोषाध्यक्ष गौरी ज्ञवालीलगायतका वक्ताले साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्दै नेल्टा तनहुँले उदाहरणीय काम गरेको बताए ।

नेल्टा तनहुँले विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तोताका अनुभवहरू आदान-प्रदान गरेर जिल्लाका अङ्ग्रेजी शिक्षकहरूमा सकारात्मक ऊर्जा र हौसला जगाएको सहभागीहरूले बताए। कार्यक्रममा नेल्टा गण्डकीका उपाध्यक्ष सञ्जय अधिकारी, महासचिव मुकेश अधिकारी, नेल्टा स्याङ्जाका अध्यक्ष ओमविक्रम सिंजाली, नेल्टा नवलपुरका अध्यक्ष पिताम्बर दाहाल, नेल्टा लमजुङका अध्यक्ष उद्धव घिमिरेलगायत नेल्टाका जनप्रतिनिधि तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

सो अवसरमा नेल्टा तनहुँले मंसिरमा आयोजना गरेको जिल्लास्तरीय अन्तर माध्यमिक विद्यालय निबन्ध लेखन प्रतियोगितामा क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने विद्यार्थीहरुः श्रीमाया थापा (कामधेनु मावि), सालिमा जिसी (रामज्योति मावि) । स्कुल), आयुष खड्का (दमौली मोडेल एकेडेमी) र आशिका श्रेष्ठ (सत्यवती मावि) पुरस्कृत भएका छन् ।

विसं २०६६ मा स्थापना भएको नेल्टा तनहुँले जिल्लाका विभिन्न विद्यालय तथा क्याम्पसमा कार्यरत शिक्षक तथा विद्यार्थीहरूलाई प्रभावकारी शिक्षण र सिकाइ, प्राज्ञिक लेखन र अनुसन्धानसम्बन्धी विभिन्न तालिम, गोष्ठी तथा गोष्ठीहरू सञ्चालन गर्दै आएको छ । सबै मिलेर तनहुँका १४३ अंग्रेजी भाषा तथा साहित्यका शिक्षक यस संस्थाका आजीवन सदस्य छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page