माघ २१ गते छाब्दी बाराही मन्दिर देखि भानुभक्त क्याम्पस सम्म मिनी म्याराथन प्रतियोगिता हुने
आदिकवि भानुभक्त क्याम्पस र आदिकवि भानुभक्त माध्यमिक विद्यालयकाे संयुक्त वार्षिक खेलकुद सप्ताह २०८१ को अवसरमा दाेस्राे खुल्ला मिनि म्याराथन प्रतियोगिता हुने भएको छ । माघ २१ गते सोमबार सरस्वती पुजाको दिन छाब्दी बाराही मन्दिरबाट दौड सुरु गरि आदिकवि भानुभक्त क्याम्पसको प्राङ्गणमा आइपुग्ने गरी छात्र/छात्राको लागि दोस्रो खुल्ला मिनि म्याराथन दौडको आयोजना गरिएको आदिकवि भानुभक्त क्याम्पसले जनाएको छ ।

जिल्लाभरका विद्यालयहरूबाट माध्यमिक तहको छात्र /छात्रा धावकहरूको सहभागीताको लागि हार्दिक अनुरोध गर्दै क्याम्पसले माघ २० गतेभित्र नाम दर्ता गरिसक्न अनुरोध गरेको छ ।

प्रतियोगितामा प्रथम पुरस्कार : छात्र र छात्रा रु दस / दस हजार , द्वितिय पुरस्कार : छात्र र छात्रा रु आठ / आठ हजार र तृतीय पुरस्कार : छात्र र छात्रा रु पाँच / पाँच हजार रहेको छ । यस्तै नाम दर्ताकाे लागि बिद्यालयकाे पत्रका र परिचयपत्र अनिवार्य हुनुपर्ने र दर्ता शुल्क नलाग्ने बताइएको छ ।
























