स्ववियु तनहुँमा २३ सय ८ मत मध्ये १२ सय १४ मत खस्याे , सबैमा मतगणना जारी

स्ववियु तनहुँमा २३ सय ८ मत मध्ये १२ सय १४ मत खस्याे , सबैमा मतगणना जारी

तनहुँका चारवटा क्याम्पसमा भएको स्ववियु निर्वाचनमा कुल १२ सय १४ मत खसेको छ । जिल्लामा २३ सय ८ मत मध्ये १२ सय १४ मत खसेको बताइएको छ ।

आँवुखैरेनीमा २ सय ५ मतमा १ सय ७५ , भिमादमा २ सय ५८ मत मध्ये २ सय ४४ ,भानुभक्त बेलचाैतरामा २ सय ६८ मा २ सय ४१ र आदिकवीमा १५ सय ७७ मा ५ सय ५४ मत खसेको हाे । जिल्लाका चारवटै क्याम्पसमा अहिले मतगणना भइरहेको छ । हालसम्म आँबुखैरेनीमा अनेरास्ववियु क्रान्तिकारी , आदिकवीमा नेविसंघ , बेलचाैतारामा अनेरास्ववियु र भिमादकाे जनज्योतिमा कडा प्रतिस्पर्धा देखिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page