अधिकारी र खनालले सञ्चालनमा ल्याए कमलबारीमा होटल हाइवे किङ

अधिकारी र खनालले सञ्चालनमा ल्याए कमलबारीमा होटल हाइवे किङ


व्यास नगरपालिका वडा नं १२ कमलबारीमा होटल हाइवे किङ सञ्चालनमा आएको छ ।
राजमार्गका यात्रीहरुलाई खाना तथा खाजा एवम् अर्डर अनुसारका परिकार खुवाउने उदेश्यले नयाँ बर्ष २०८२ को अवसर पारेर होटल सञ्चालनमा ल्याईएको हो । ६ रोपनी क्षेत्रफलमा निर्माण गरिएको होटलमा चार्जिङको समेत व्यवस्था गरिने भएको छ ।

होटल सञ्चालक मध्ये सदस्य सुजन अधिकारीका अनुसार यात्रुहरुको सुविधालाई मध्यनजर गरी उत्कृष्ट ढंगले होटल सञ्चालनमा ल्याईएको बताए ।त्यस्तै अर्का सञ्चालक जीवन ज्योति खनालका अनुसार ६ रोपनी क्षेत्रफलमा होटल सञ्चालनमा ल्याइएको छ । खनालका अनुसार होटलमा खाना र खाजाका विभिन्न परिकार उपलब्ध गराइने छ । डम्बर अधिकारी , सुजन अधिकारी र जीवन ज्याेती खनाल सहित ३ जनाको लगानीमा सो होटल सञ्चालनमा ल्याईएको हो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page