राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम बन्दीपुरमा सम्पन्न
राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम तनहुँकाे बन्दीपुरमा सम्पन्न भएको छ । बन्दीपुर भ्रमण वर्ष २०२५ लाई लक्षित गर्दै भएकोे प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय उपसभापती डा. स्वर्णीम वाग्ले , पूर्व शिक्षा मन्त्री शिशिर खनाल लगायतका शिर्ष नेताहरूकाे सहभागीता रहेको थियो ।

यस्तै प्रशिक्षण कार्यक्रममा केन्द्रीय प्रशिक्षण विभाग सदस्य कमल सुवेदी , केन्द्रीय सदस्य मेख आले , गण्डकी प्रदेश प्रशिक्षण विभाग प्रमुख डा. तुलसी खनाल लगायतले प्रशिक्षण गराएकाे रास्वपा तनहुँका संगठन विभाग प्रमुख अनिल श्रेष्ठले बताए । उक्त कार्यक्रममा गण्डकी प्रदेश समितीका पधाधिकारी हरु, जिल्ला जिल्ला बाट विभिन्न तहका पधाधिकारी हरु सहित कारीब ९० जना पार्टीका सदस्यहरूकाे सहभागीता रहेको थियो ।
कार्यक्रममा पार्टीको वडा तह सम्म भएको संगठन विस्तार , समिति चयन , मिसन २०८४ लगायतका विषयमा समेत गम्भीर छलफल भएको र पार्टीलाई अझै सशक्त रूपमा अगाडि बढाउन सबै एकजुट भएर लाग्ने निर्णय भएको श्रेष्ठले जानकारी दिए ।

























