मातातीर्थ औँसीका अवसरमा लायन्स सत्यवती अध्यक्ष खनाल द्वारा आश्रमका आमाहरूलाइ सारी उपहार

मातातीर्थ औँसीका अवसरमा लायन्स सत्यवती अध्यक्ष खनाल द्वारा आश्रमका आमाहरूलाइ सारी उपहार

लायन्स क्लब अफ तनहुँ सत्यवतीकी अध्यक्ष पवित्रा खनालले मातातीर्थ औँसीका अवसरमा व्यक्तिगत तर्फबाट र क्लबको तर्फबाट व्यास ५ स्थित वेदव्यास जेष्ठ नागरिक आश्रममा रहेका आमाहरूका लागि भोजन सहित खाद्यान्न र लत्ता कपडा सहयोग गरेकी छन् । महिला उद्यमी संघ व्यास नगर सभापति समेत रहेकी सामाजिक व्यक्तित्व खनालले आमाको मुख हेर्ने दिनमा आश्रमका आमाहरुसँग खुसी साट्ने उद्धेश्यसहित आफूले नयाँ सारी लगायतका लत्ताकपडा र आफ्नै हातले पकाएर खानेकुरा खुवाइ सहयोग गरेको बताइन् ।

यो पवित्र दिनको अवसर पारी उहाँहरुसँग खुसी साटासाट गर्न आँफु यसअघि पनि पटकपटक यहाँका आमाहरूलाइ सहयोग गर्न आएकाे र यसपटकको सहयोग पनि त्यसैको निरन्तरता भएको उनको भनाइ छ । नयाँ सारी लगाउन र मिठो खानेकुरा खान पाउँदा आमाहरू खुसी हुँदै सहयोगी खनाललाई आसिर्वाद दिएका थिए । खनालले यसअघि पनि पटकपटक आश्रममा विभिन्न किसिमका सहयोग गर्दै आएकी छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page