काठमाडौंमा सहकारी पीडितहरूकाे अर्धनग्न प्रदर्शन
काठमाडौंमा सहकारी पीडितहरूले अर्धनग्न भएर प्रदर्शन गरेका छन्। सोमबार माइतीघर मण्डलमा पीडितहरूले अर्धनग्न भएर प्रदर्शन गरेका हुन्।

उनीहरूले कालो रङको कपडा लगाएर पीडितहरूको आवाज नसुन्ने सरकारको प्रवृत्तिप्रति विरोध जनाएका छन्। देशमा आन्दोलन नै आन्दोलन भइरहेको बेला सहकारीपीडितले फरक खालको अर्धनग्न जुलुस निकालेका हुन् ।

प्रदर्शनमा उपस्थित भएका हरूले विभिन्न मागहरू उल्लिखित प्लेकार्ड बोकेका थिए ।
























