रविसँग जाेडिएकाे सहकारी ठगी प्रकरणमा काङ्ग्रेस सांसद राई पनि पक्राउ
रवि लामिछानेसँग जोडिएको सहकारी ठगी प्रकरणमा अब नेपाली कांग्रेसकी सांसद माया राई पनि मुछिएकी छन्। स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीमा रकम अपचलनको आरोप लागेपछि शनिबार साँझ कपनस्थित आफ्नै निवासबाट उनलाई प्रहरीले पक्राउ गरेको हो। लामो समयदेखि फरार रहेकी राईमाथि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।

यहि सहकारी ठगीको मुद्दा रास्वपा सभापति रवि लामिछानेलाई पनि लागेको छ। उनीसँगै अब सांसद राईको मुद्दा पनि सँगै चल्नेछ।

राई स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिमा रहेर सहसचिवको भूमिकामा थिइन्। उनीमाथि कारबाही नहुने चर्चा भइरहँदा अन्ततः पक्राउसँगै कांग्रेससमेत यो विवादास्पद सहकारी ठगी प्रकरणमा औपचारिक रूपमा मुछिएको छ। अब रवि लामिछाने र माया राईको मुद्दा सँगै अघि बढ्नेछ।
























