६५ जना प्रहरी निरीक्षक दर्ज्यानी चिन्हद्वारा सुशोभित

६५ जना प्रहरी निरीक्षक दर्ज्यानी चिन्हद्वारा सुशोभित

प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा ६५ जना प्रहरी निरीक्षकलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका छन् ।

२०८१ भदौ २८ गते प्रकाशित विज्ञापन अनुसार खुला प्रतियोगिताको २०८२ वैशाख ७ गते प्रकाशित अन्तिम नतिजामा विभागीयतर्फ ६५ र खुलातर्फ १२ जना गरी कुल ७७ जना प्रहरी निरीक्षकहरू उत्तीर्ण भएका थिए ।
गृह मन्त्रालय सचिवस्तरको २०८२ वैशाख ११ गतेको निर्णयले वैशाख १४ गतेदेखि लागू हुने गरी उनिहरू प्रहरी निरीक्षक पदमा नियुक्त भएका हुन् ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०८२ वैशाख ९ गतेको निर्णयले प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्रहरी निरीक्षक पदमा पदोन्नति भएका प्रहरी निरीक्षक विरेन्द्र कुमार कोईरालालाई समेत दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका थिए ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रहरी महानिरीक्षक थापाले नवनियुक्त भएका प्रहरी अधिकृतहरूलाई बधाई दिँदै पदीय मर्यादालाई मनन गरी आगामी दिनमा अझ बढी अनुशासित थप परिष्कृत एवम् व्यावसायिक भई प्राप्त जिम्मेवारीलाई उत्कृष्ट ढंगले वहन गर्न निर्देशन दिए । नवनियुक्त अधिकृतहरूबाट संगठनको श्रीवृद्धिका लागि अझ बढी उर्जा प्राप्त हुने उनले विश्वास लिए ।

उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू तथा प्रहरी अधिकृत एवम् जवानहरूको उपस्थिति रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page