जेनजी आन्दोलनका भाइरल युवा आमाको हत्या अभियोगमा पक्राउ:

जेनजी आन्दोलनका भाइरल युवा आमाको हत्या अभियोगमा पक्राउ:


धादिङका ३० वर्षीय यमबहादुर कँडेल,जो जेनजी आन्दोलनका भिडिओहरूमा “मेरो आँखामा डर छ?” ल हेर्नुस् म डराएको छु ? आफ्नी आमाको लागि सोच्नुस्,आमा बाउकोबारे सोच्नुस्, मलाई गोली हानेर मार्नुस्, म यो देश रोएको देख्न सक्दिन’ जस्ता डायलग बोलेर भाइरल भएका थिए,आज तिनै जेनजी युवाले आफैलाई जन्म दिएकी आमा राममाया कँडेललाई धारिलो हतियारले हत्या गरेको अभियोगमा पक्राउ परेका छन्।

आइतबार राती भएको यो घटनाले गाउँ मात्र होइन, आन्दोलनमा उनलाई चिन्ने सबैलाई स्तब्ध पारेको छ। प्रहरीका अनुसार घटनास्थलबाट हतियारसहित कँडेललाई नियन्त्रणमा लिइएको छ। कहिले “देशका लागि मर्न तयार” भन्ने युवकले आफ्नै आमाको ज्यान लिएपछि देशभर दुःख र निराशा फैलिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page