काठमाडौंबाट माइक्रोबस चाेरेर धादिङ पुर्याउने स्याङ्जाका थापा पक्राउ

काठमाडौंबाट माइक्रोबस चाेरेर धादिङ पुर्याउने स्याङ्जाका थापा पक्राउ

काठमाडौंको बनस्थलीबाट माइक्रोबस चोरेर धादिङ पुर्‍याउने व्यक्ति पक्राउ परेका छन् । बनस्थलीस्थित विश्वकर्मा बाबा वर्कसप तथा चार्जिङ सेन्टरभित्रको पार्किङबाट बागमती प्रदेश ०१-००२ ज ६७६६ नम्बरको विद्युतीय माइक्रोबस चोर्ने स्याङ्जाका सुदीप थापा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी अपीलराज बोहराका अनुसार स्याङ्जा, बिरुवा गाउँपालिका १ घर भई बनस्थली बस्दै आएका १९ वर्षीय थापा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धादिङको सहयोगमा उनलाई पक्राउ परिएको एसपी बोहराले बताए । थापालाई चोरीसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान पक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page