गिराउन चौर–हिलेखर्क सडक स्तर उन्नति कार्य श्रमदान मार्फत सुरु !
तनहुँकाे आँबुखैरेनी गाउँपालिका वडा नं. १, २ र ६ जोड्ने गिराउन चौर–गाउँकोट–हिलेखर्क सडक स्तर उन्नति कार्य श्रमदान मार्फत सुरु गरिएको छ ।

स्थानीय बासिन्दाहरूको सक्रियतामा सडक सुधारका लागि श्रमदान कार्यक्रम सञ्चालन गरिएको हो। वर्षायाममा हिलो र अफ्ट्यारो अवस्थामा रहने सडक सुधार गरी सहज आवागमन सुनिश्चित गर्ने उद्देश्यले स्थानीयवासी, जनप्रतिनिधि र अन्य सरोकारवालाहरूको सहकार्यमा यो अभियान थालिएको हो।
सडक स्तरोन्नतिको यो कार्यले गाउँहरू बीचको यातायात सुविधा सहज हुने, कृषिजन्य उत्पादन बजारमा पुर्याउन मद्दत पुग्ने र सामाजिक तथा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

पालिका सरकारको प्राविधिक सहयोगमा र जनश्रमको आधारमा अगाडि बढाइएको यो अभियानलाई दीर्घकालीन रुपमा व्यवस्थित ढंगले निरन्तरता दिने योजना गाउँपालिकाले बनाएको छ ।
























