छुवाछूत उन्मुलन दिवसमा म्याग्दे र भानुमा सार्वजनिक बिदा
जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिवसको अवसरमा तनहुँकाे म्याग्दे र भानु नगरपालिकाले जेठ २१ गते सार्वजनिक बिदा दिने भएका छन् । पालिका अन्तर्गतका सबै कार्यालय , सामुदायिक तथा निजी शैक्षिक संस्था , स्वास्थ्य संस्था ( अत्यावश्यक ) र वित्तीय संस्थाहरूमा स्थानीय बिदा दिने निर्णय भएको बताइएको छ ।

संयुक्त दलित संघर्ष समितिले बिदा दिनुपर्ने माग राखे बमोजिम बिदा दिने निर्णय भएको सम्बन्धित पालिकाले बताएका छन् ।

























