भिमाद नगरपालिकाको नगर सभाको विशेष अधिवेशन सम्पन्न

भिमाद नगरपालिकाको नगर सभाको विशेष अधिवेशन सम्पन्न

भिमाद नगरपालिकाको नगर सभाको विशेष अधिवेशन सम्पन्न भएको छ। नगरप्रमुख दधिराज सुवेदीको अध्यक्षतामा भएको सभामा बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक उपप्रमुख शारदा खनालले चालु आर्थिक वर्षको स्वीकृत नगर विकास योजनाअन्तर्गत कार्यक्रम तथा बजेट रकमान्तर, संशोधन तथा नयाँ योजना समेटिएको विनियोजन विधेयक, २०८१ पेश गरेकी थिइन् ।

त्यस्तै, लेखा समितिका संयोजक वीर बहादुर बस्यालले आर्थिक वर्ष २०८०/८१ को अन्तिम लेखापरिक्षण प्रतिवेदनमा उल्लेखित नियमित गर्नुपर्ने बेरुजुहरूबारे प्रतिवेदन पेश गरेका थिए। आर्थिक विकास समितिका संयोजक प्रकाश श्रेष्ठले भू-उपयोग क्षेत्र परिवर्तन सम्बन्धी प्रस्ताव सभामा प्रस्तुत गरेका थिए ।

सभामा प्रस्तुत सबै प्रस्तावहरू स्वीकृत गरिएका छन्। नगर प्रमुख दधिराज सुवेदीले विभिन्न प्रस्तावहरू प्रस्तुत गर्नुका साथै नगरसभा सदस्यहरूको सक्रिय सहभागिता र महत्वपूर्ण छलफलप्रति आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page