राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्दे २ काे सभापतिमा पण्डित

राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्दे २ काे सभापतिमा पण्डित

राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्दे २ काे प्रथम वडा अधिवेशन सनिवार जामुनेमा सम्पन्न भएको छ । अधिवेशनले दिपेन्द्र पण्डितलाई सभापतिमा सर्वसम्मत चयन गरेको छ । यस्तै उपसभापतिमा पदिमाया क्षेत्री रानाभाट , सचिवमा राजेन्द्र बहादुर अधिकारी चयन भएका छन् । यस्तै समितिकाे सदस्यहरूमा सरस्वती रानाभाट , उज्ज्वल काफ्ले , साेमप्रसाद श्रेष्ठ , पुजा श्रेष्ठ र माेहन रानाभाट चयन भएका छन् । अधिवेशनकाे निर्वाचन कमिटीकाे संयाेजकमा जिल्ला काेशाध्यक्ष पवित्रा पाेख्रेल रहेकी थिइन् भने सदस्यहरूमा सीता अधिकारी र मैना थापा रहेकी थिइन् ।

त्यसअघि भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँका सभापति विश्व वास्ताेलाले उद्घाटन गरेका थिए । कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका पार्टी सभापति हरी खड्का , क्षेत्रीय सचिव सुन्दर वस्याल , क्षेत्रीय सदस्य सीता अधिकारी , जिल्ला सदस्य मुक्तिनाथ पण्डित , अमित विक लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्देका सभापति मनाेज अधिकारीकाे अध्यक्षतामा भएको कार्यक्रमकाे स्वागत
उदयराज आचार्यले र सञ्चालन दिपेन्द्र पण्डितले गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page