आँबुखैरेनी बजारमा अनुगमन , ६५ हजार बढीको अखाद्य बस्तु नष्ट

आँबुखैरेनी बजारमा अनुगमन , ६५ हजार बढीको अखाद्य बस्तु नष्ट

तनहुँ जिल्लाकाे आँबुखैरेनी बजारमा अनुगमन गरिएको छ । कृषि भुमि व्यवस्था तथा सरकारी मन्त्रालय गण्डकी प्रदेशको समन्वय तथा सराेकारवालाहरूकाे सहभागीतामा खाद्य बजार अनुगमन गरिएको हाे ।
आँबुखैरेनी ३ स्थित आँबुखैरेनी बजार एरियामा ३२ वटा पसलमा अनुगमन गरिएको कृषि भूमि व्यवस्था तथा सरकारी मन्त्रालयका खाद्य अनुसन्धान अधिकृत कुमार भण्डारीले बताए ।
गण्डकी प्रदेश कृषि भूमि व्यवस्था तथा सरकारी मन्त्रालयको आयोजनामा तनहूँ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मीको नेतृत्व तथा जिल्ला स्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, पर्यटन तथा उद्योग कार्यालय, कृषि ज्ञान केन्द्र, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, ईलाका प्रहरी कार्यालय, आँबुखैरेनी गाउँपालिका तथा उद्योग वाणिज्य संघ आँबुखैरेनीका प्रतिनिधि सहितको संयुक्त बजार अनुगमन टोलीले आँबुखैरेनी चोक बजारमा खाद्य पसल, होटल रेष्टुरेन्ट, फलफूल पसल, एग्रोभेट, डेरी उद्योग आदिको अनुगमन निरीक्षण सम्पन्न गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका प्रमुख ज्याेती आचार्यले बताए ।

उक्त क्रममा अन्दाजी ६५ हजार बढीको ढुसी लाग्न थालेको प्रयोग गर्न नमिल्ने बटर लगायत बजारबाट फिर्ता आएको दही, दूधलाई तत्काल खाल्डो खनाएर नष्ट गर्न लगाइएको प्रमुख आचार्यले बताए ।
म्याद नाघेका अन्य खान नमिल्ने सामाग्री, TPM value बढी भएको तार्ने तेल र सो तेलबाट बनेका समोसा, जेरी लगायत परिकार, होटलमा फेला परेका सिन्टेटिक खाद्य रंग, फलफूल पकाउन गलत रुपमा प्रयोग भइरहेको कृप्पोन नामको करिब १० हजारकाे विषादी जफत नष्ट गरिएका छन् ।
राजमार्ग स्थिति तोकिएको MRP भन्दा बढी मूल्य लिने एक पसललाई समेत कारवाही प्रकृया बढाइएको छ र कैफियत देखिएका व्यवसायका संचालकलाई सात दिन भित्र जिल्ला प्रशासन कार्यालय उपस्थित हुन भनिएको पर्यटन तथा उद्योग कार्यालय तनहुँका प्रमुख दुर्गाराज सुवेदीले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page