महिला संघको दशवटै स्थानीय तहमा आज अधिवेशन हुँदै , म्याग्देमा तीनजनाको चर्चा
नेपाल महिला संघ तनहुँ स्थित दशवटै स्थानीय तहको अधिवेशन आज हुँदैछ । अधिवेशन भब्य रूपमा सम्पन्न गर्न सबै स्थानीय तहमा प्रतिनिधि खटिइसकेका छन् । यसैबीच अधिकाँस ठाउँमा सभापतिमा धेरै जनाको इच्छा सार्वजनिक भएको छ ।

जसअनुसार म्याग्देकाे सभापतिमा पनि तीनजनाको चर्चा चलेको छ । सभापतिमा कमला खनाल , राधाकुमारी घिमिरे र पुनम थापाको नाम चर्चामा रहेको छ ।

























