स्थापना दिवसको अवसरमा सुप्रिम सहकारी थर्पुकाे रक्तदान कार्यक्रम

स्थापना दिवसको अवसरमा सुप्रिम सहकारी थर्पुकाे रक्तदान कार्यक्रम


सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औ स्थापना दिवसकाे अवसरमा सनिवार थर्पुमा रक्तदान कार्यक्रम गरिएको छ । रक्तदानबाट १६ पिन्ट रगत संकलन भएको छ । रक्तदान जिवनदान , जिवनदान महादान भन्ने मुल मर्मका साथ भएको कार्यक्रममा प्राविधिक सहयोगीमा नेपाल रेडक्रस साेसाइटी तनहुँ शाखा रहेको छ ।

त्यसअघि भएको उद्घाटन कार्यक्रममा बाेल्दै कार्यक्रमका प्रमुख अतिथि म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले सहकारीले वित्तीय काराेबार सँगै सामाजिक क्षेत्रमा उल्लेख्य काम गरेको बताए । संस्थाले सामाजिक उत्तरदायित्वकाे भावना अन्तर्गत रक्तदान जस्तो पवित्र काम गरेको बताए । सहकारीका अध्यक्ष मनाेज अधिकारीकाे अध्यक्षतामा भएको कार्यक्रममा म्याग्दे गाउँपालिका वडा नं ४ का अध्यक्ष दिपक कुमार श्रेष्ठ , सहकारीका संस्थापक अध्यक्ष मुरलीमाेहन काफ्ले , सल्लाहकार हुत्तमणी अधिकारी , लेखा संयाेजक केशवराज अधिकारी , रेडक्रस म्याग्देका सभापति विनाेद खनाल , अमर सहकारीका अध्यक्ष सन्देश अधिकारी , उपाध्यक्ष भीमलाल श्रेष्ठ , सचिव विकास राज खनाल लगायतले बाेलेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page