दमाैलीकाे दुधमा प्लास्टिक मिसिएको छैन – खाद्य डिभिजन दमाैली

दमाैलीकाे दुधमा प्लास्टिक मिसिएको छैन – खाद्य डिभिजन दमाैली


केही दिन अघि दूध तताउँदा प्लाष्टिक भेटियो भन्ने गुनासो जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख रामकृष्ण अधिकारी समक्ष पुग्यो । गुनासोमा दमाैलीकाे एक दुग्ध सहकारीबाट दुध लिएर गई तताएकाे प्लास्टिक भेटियो भन्ने थियो । साेही गुनासोकाे आधारमा खाद्य डिभिजन कार्यालय दमाैली तनहुँले अनुगमन गर्याे । दूध खरीद गरी लिएर गएको सहकारीमा अनुगमन गर्दा त्यहाँ प्लाष्टिक होला भनिएको वस्तु छेना जस्तो पदार्थ रहेको पत्ता लाग्यो । हामीले स्थानीयकाे गुनासोकाे आधारमा तत्कालै अनुगमन गर्याैं , तर त्यो प्लास्टिक नभइ दुधकै छेना रहेछ कार्यालय प्रमुख ज्याेती आचार्यले भने ।
त्यसपछि गुनासोकर्तालाई फोन मार्फत उक्त पदार्थ प्लाष्टिक नरहेको जानकारी गरायाैं प्रमुख आचार्यले भने ।
उक्त पदार्थ के हो त ? त्यो पदार्थ दूधकै छेना हो जो दूध बढी अम्लिय (acidic) भइ फाटेर त्यस्तो भएको हो । गर्मी मौसममा दूधलाई चिस्यानमा नराखी खुला वातावरणमा राखेमा, विगौती दूधलाई व्यवसायिक दूधमा मिसाएमा वा दूधमा ब्याक्टेरीया सूक्ष्मजीव (bacteria)को सङ्क्रमण भएमा, दूध त्यसरी फाट्न सक्छ। त्यस्तो दूधलाई खान भने मिल्दैन, तर प्लाष्टिक नै हालेको भनेर भ्रमित चाहीँ हुनुहुँदैन। बिक्रीकर्ता वा संकलनकर्ताले दूधलाई दुहेपछी चाँडो भन्दा चाँडो चिस्यान केन्द्र ल्याएर ५ डिग्री भन्दा कम तापमानमा ल्याउने व्यवस्था गर्नुपर्छ। खरीदकर्ता पनि यस तर्फ सचेत हुन खाद्यले आग्रह गरेको छ ।


कहिलेकाहीँ दूधको यही छेना खान योग्य पनि हुन्छ।
स्वच्छ दूधलाई मोजेरेला चिज (cheese) बनाउने उद्योगले स्वीकृत इन्जाइम प्रयोग गरी निश्चित पिएच (pH) पुऱ्याई फटाउँछन् र त्यस्तो छेनालाई ओल्टाइ पोल्टाइ चलाएर चीज (cheese) बनाउँछन्, जसको youtube मा खोजी गर्दा भिडियो समेत देख्न सकिन्छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page