चैत २४ र २५ गते दमौलीमा क्षेत्री समाज नेपालको केन्द्रीय महाधिवेशन हुने:
दमौली , १३ चैत ।

क्षेत्री समाज नेपालको केन्द्रीय महाधिवेशन दमाैलीमा हुने भएको छ ।

यही चैत २४ र २५ गते तनहुँको दमौलीमा हुने महाधिवेशन सम्पन्न गर्नका लागि विभिन्न समिति र उपसमिति गठन गरिएको छ ।महाधिवेशन सम्पन्न गर्नका लागि क्षेत्री समाज नेपाल तनहुँका अध्यक्ष शम्भुबहादुर अधिकारीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । त्यस्तै सचिवालय उपसमितिको संयोजकको जिम्मेवारी प्रेमबहादुर राउत र हरिबहादुर कार्की ,प्रचार प्रसार उपसमितिको संयोजकको जिम्मेवारी डम्बर अधिकारीलाई दिइएको छ ।
त्यस्तै अतिथी सत्कार समितिको उपसंयोजकको जिम्मेवारी रामबहादुर अधिकारी , आवास व्यवस्थापन उपसमितिको संयोजकको जिम्मेवारी शंकर अधिकारी ,मञ्च व्यवस्थापनक उपसमितिको संयोजकको जिम्मेवारी गिता महत, खाजा तथा खाना संयोजकको जिम्मेवारी ललित पाण्डे ,रयाली व्यवस्थापन उपसमितिको संयोजकको जिम्मेवारी रामचन्द्र कार्की, स्वास्थ्य व्यवस्थापन उपसमितिको संयोजकको जिम्मेवारी रामचन्द्र अधिकारी , स्वयं सेवक उपसमितिको संयोजकको जिम्मेवारी कालीबहादुर अधिकारी , साँस्कृतिक व्यवस्थापन संयोजकको जिम्मेवारी विष्णुबहादुर खड्का तथा अनुगमन ÷सुपरीवेक्षण उपसमितिको संयोजकको जिम्मेवारी ईश्वरबहादुर विष्टलाई दिईएको छ ।
यसैबीच दमौली हुन गईरहेको महाधिवेशन भव्य र सभ्य रुपमा सफल बनाउन क्षेत्री समाज नेपाल तनहुँको बिस्तारित बैठक मंगलबार दमौली सम्पन्न भएको छ । समाजका अध्यक्ष शम्भुबहादुर अधिकारीको सभापतित्वमा भएको बैठकमा समाजका निवर्तमान केन्द्रीय अध्यक्ष प्रा.डा.चन्द्रबहादुर थापा ,केन्द्रीय उपाध्यक्ष कृष्ण थापा , महासचिव केशबहादुर के.सी. ,प्रदेश सचिव कृष्ण घिमिरे र सल्लाहकार समुन्द्र गोदार लगायतले बोलेकाे क्षेत्री समाज नेपाल व्यास नगर सभापति शंकर अधिकारीले बताए ।




































