एसइईमा व्यास नगर प्रथम भएको सतिशका बिद्यार्थीलाई बिद्यालयकाे सम्मान

एसइईमा व्यास नगर प्रथम भएको सतिशका बिद्यार्थीलाई बिद्यालयकाे सम्मान

तनहुँको व्यास नगरपालिका–१०, शान्तिनगर डिगाउस्थित सतिश इङ्लिस सेकेन्डरी बोर्डिङ स्कूल व्यास नगरमै प्रथम भएको छ ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा सय प्रतिशत बिद्यार्थी उत्तीर्ण भए सँगै यस बिद्यालय व्यास नगरमा प्रथम भएको हाे । व्यास नगरपालिकाको आधिकारिक अन्तिम सुचना अनुसार हरेक आधारमा सतिस स्कुल व्यास नगरपालिका प्रथम हुन सफल भएको छ । १००% उतिर्ण र सबै भन्दा बढी उतिर्ण औसत GPA को आधारमा सतिस स्कुलले नगरपालिकामै उच्चतम समग्रमा GPA ३.३७ प्राप्त गरि व्यास प्रथम हुन सफल भएको हाे ।विद्यालयमा २१ जना विद्यार्थीहरु परीक्षामा सहभागि थिए ।

विद्यालयले दिएको जानकारी अनुसार श्रीया राना मगर र शिव खड्गीले समान GPA ३.८ ल्याएर विद्यालयको शीर्ष स्थानमा स्थान हासिल गरेका छन्। त्यसैगरी दीपा परियारले GPA ३.७९ तथा सञ्जोक बिके ले GPA 3.64 ल्याएका छन्। यस्तै, GPA ३.२ देखि ३.६ को समूहमा ११ जना विद्यार्थी परेका छन् भने GPA २.८ देखि ३.२ को समूहमा ६ जना विद्यार्थीले सफलता प्राप्त गरेका छन्।
विद्यालय व्यवस्थापन समितिले सम्पूर्ण विद्यार्थीहरूलाई बधाई दिँदै उनीहरूको आगामी शैक्षिक यात्रा र उज्ज्वल भविष्यको लागि शुभकामना व्यक्त गरेको छ। यस्तो नतिजा शिक्षक, अभिभावक र विद्यार्थीहरूको संयुक्त मेहनतको फल भएको महसुस बिद्यालय परिवारले गरेको शिक्षक बिनाेद रखाली मगरले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page