झुलबहादुर आले स्मृति प्रतिष्ठानका अध्यक्ष कमलले भेटे उर्जामन्त्री

झुलबहादुर आले स्मृति प्रतिष्ठानका अध्यक्ष कमलले भेटे उर्जामन्त्री


झुलबहादुर आले स्मृति प्रतिष्ठानका अध्यक्ष कमल आलेले उर्जामन्त्री दिपक खड्कालाई भेट गरेका छन् । उर्जा मन्त्रालय काठमाडौं पुगेर आलेले मन्त्री खड्कालाई भेटी विभिन्न माग समेत राखेका छन् । आलेले ऋषिङ्ग गाउँपालिकामा रहेका असहाय , बृद्भाहरूकाे लागि बिजुली बत्तीमा मिनाहा गर्न माग राखेका हुन् । बिद्धुत प्राधिकरणकाे सामाजिक उत्तरदायित्व काेषबाट उक्त रकम तिरेर बृद्ध , असहायहरूलाइ सम्मान एवम् राहत दिन उनलेे माग गरेकाे बताए । प्रतिष्ठानका अध्यक्ष आलेकाे मागका बारेमा मन्त्री खड्काले बिल मिनाहा गर्न नमिल्ने तर सामाजिक उत्तरदायित्व काेषबाट रकम दिन मिल्ने आश्वासन दिएको आलेले बताए । यसका लागि पुन भेट्न तथा सम्पर्कमा रहन समेत मन्त्री खड्काले भनेको आलेले बताएका छन् ।

प्रतिष्ठानले ऋषिङ्ग गाउँपालिकाका असहाय ,,बृद्धहरूकाे क्षेत्रमा विभिन्न काम गर्दै आएकाे छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page